श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर

श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA)
माता डागेश्वरीको मन्दिर ऐतिहासिक पृष्ठभुमी
 सुदुर पश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं ७) डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिका वार्ड नं . ६ कानाकोट गाउको माथी करिव १८०० मिटरको उचाइमा नेपालकै दुर्लभ देवदयारको जंगलको माझमा डागेश्वरी देवीको मन्दिर अवस्थित छ। धार्मीक र सास्कृतिक धरोहरलाई सदा जीवन्त तुल्याउन दैविय शक्तिलाई अक्षुण राख्ने भक्तजनहरुको मनकामना पुरा गर्न प्राकृतिक सम्पदाले भरिपूर्ण तथा पूर्ण पुरातात्विक कलात्मक वस्तुहरु सहित संरक्षीत गर्दै आएको शक्तिपीठको रुपमा यो मन्दिर रहि आएको छ। यस मन्दिरको पूर्व तिर उग्रतारा भगवति मन्दिर , पश्चिम तिर मेलौली भगवति मन्दिर, उत्तरमा निगला शैनी भगवति मन्दिर र दक्षिणमा महाभारत पाहाडमा भागेश्वर देवताको मन्दिर शक्तिपीठका रुपमा अवस्थित छन। यस श्री डागेश्वरी मन्दिरमा वैशाख सक्रन्तिमा अपांढ शुक्लपूर्णमामा ,अननन्तचर्तुदशी भाद,शुक्लमा दशै पर्वमा विषेश आजापुजा हुन्छ भने कार्तिक शुक्लपक्षमा १५ दिन सम्म लक्षहवन पूजा गरि सोहो दिनमा ठूलो मेला लाग्दछ। यस दिन यस मन्दिरमा रहेको विषेश फुटलिंगमा विशेष तिलक प्रसाद चढाईन्छ । र श्रीडागेश्वरीको सुरक्षार्थ स्थापीत बाहुदानौ भन्ने देवताको पनि मन्दिरको पूर्वी कुनामा नियमित पुजाका साथ तिलक प्रसाद दिइन्छ। यस मन्दिरमा वली प्रथा छैन । सात्विक देवीको पुजा गरिन्छ , परम्परा अनुसार रातो सिन्दुर र रातो फूल समेत चढाईदैन । पन्द्रौ दिनको अन्त्य सोहौ दिनको पुर्वमा, रोहिणी नक्षेत्रमा पूर्ण आहुति हवन हुन्छ। यस हवनमापञ्चरत्नक हवन वाट देवी तीलक प्रसाद तयार पारि मृगसीरा नक्षत्रमा प्रसाद चढाईन्छ। कार्तिक शुक्लमा हुने विषेश पुजाको समयमा यस डागेश्वरी देवी को आल क्षेत्र मा स्थापित सबै ग्राम्यदेवताको जेष्ठताको आधारमा र यहा बसोवास गर्ने जातिको जेष्ठता एवं भुमीको आधारमा यहा क्रमिक रुपमा १५ दिन सम्म पुजाआजा गरिन्छ। सोहौ दिनको मेला भएको दोस्रो दिन देखि हरेक तेस्रो वर्ष चारैतिर शक्तिपीठको रुपमा रहेका देवताहरूको सम्मानार्थ ठाउठाउमा डागेश्वरि क्षेत्र भित्र हवन कार्य गर्ने परम्परा पनि छ। जस्तै उत्तर तिर कैलपाल देवता र निगलार्शनिको लागि , दक्षीणा भागेश्वर डडे खिरेश्वर राजको लागी पुर्वमा उग्रतारा र जगन्नाथको लागि र लाटाकटारि देवताको लागी पश्चिममा मेलौली भगवति र केदारेश्वरको लागी हवन गरिन। यस मन्दिरको स्थापना कालको विषयमा खासै तथ्यगत तिथि मिति हरु न भेटीए पनि छैटौ सातौं शताब्दीतिर स्थापना भएको अनुमान गरिन्छ। यस मन्दिर को उत्तर तिरको पखांलमा राखिएको सिलालेख अनुसार सक सम्वत १२५७ माघ शुक्लपक्ष पचमी तिथि हस्तानक्षत्र ,रवि वारको दिन भन्ने अभिलेख र नागमल्लले १२५७ मा केतूवर पन्त लाई सौपत गरेको भन्ने अक सिलालेखमा पाइएको छ। डागेश्वरी देवीको यस स्थानमा उत्तपति हुनु पूर्व माथी उल्लेखित पुजा परम्परा वार्ड न ६ मटेला भन्दा तल लटछिणा भन्ने खोलामा हुने गर्दथ्यो भन्ने मौखीक इतिहास छ। भने केहि प्रमाणहरू पनि पाइन्छन । त्यस ठाउमा पुंजा चल्ने बेलामा लगभग सातौ आठौ सताब्दी तिर हाल मन्दिर रहेको स्थानमा जयजटाजुट भन्ने राजा जस्का अन्तिम राजा कनक ले यस ठाउमा राज गरेको र उनकै नाम बाट कनकोट नाम रहेको किंवदन्ती पाईन्छ। भने उसकोटको जिर्ण पर्खाल पनि मन्दिरको पूर्वपटी अवस्थित छ। कलक राजाका पूर्वजले यहा शासन गर्दा लणछिणामा सदै फोहर हुदा डागेश्वरी देवताले आफुलाई अप्ठेरो महसुस गरि उक्त राजाको वंश नास गरि राजाको कोट नजिकमा डागेश्वरी देवताको फुटलिङ्ग भेटिएको र पछि परम्परागत रूपमा यस ठाउमा मन्दिर स्थापना गरी केत्वर पन्त २ भाई, रागबाग पन्त २ भाई अवस्थि परिवारको आपसी सहयोगज वाट पुजाआजा चल्दै आएको र पछि यह विभिन्न स्थान वाट आयी बसेका विभिन्न जातजाति जो यस डागेश्वरी देवताको आल/क्षेत्र, भूमी मा उहाँ हरु सबैको प्रयासबाट विधिवत मन्दिरको निर्माण गरी सबैबाट पुजाआजा चल्दै आएको पाईन्छ। यसै देवल दिव्यपुर गा . वि . स को वार्ड न ६ मध्यमा अजयमेरु किल्लाको समकालीन ५ औटा देवलहरु रहेका छन । यी ऐतिहासिक देवल हरूको नाम बाटै ठाँउको नाम पनि देवल रहन गएको छ। ऐतिहासिक, परातात्विक र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेका यी देवलहरु पर्यटकीय महत्वका आधार बनेका छन। भौतिक कलात्मक संरचनाहरू उचित संरक्षणको केही हदसम्म संरक्षण भएपनि निरीह भएका छन भने यातायात तथा अन्य विकासका पुर्वाधारको अभावमा यी राष्ट्रिय महत्वका संरचनाहरु प्रति प्रशाशनको ध्यान पनि पुग्न सकेको देखिदैन । ८ यी देवलहरुकै समकालीन त्यसै प्रकारका हुँगाबाट निर्मित एउटा चार पखांल खंडहरको रुपमा रहेको कोट डागेश्वरी मन्दिरको मुल गेटमा रहेको छ। पुरातत्वको अध्ययनको आधारशीलाको रूपमा रहेको यस कोट लाई हाल सम्म यहाँका जनताले यथावतरूपमा संरक्षण गर्दै आएका छन भने मन्दिरको पर्खाल निर्माण गर्दा पर्खालको बीचमा पर्ने जाने अवस्थाका कारण यसलाई हटाई दिने भन्ने आवाज पनि उठने गरेका छन । तर यसको एतिहासिक एवं पुरातात्विक अनुसन्धान हुन नसकेको अवस्थामा अहिले सम्म संरक्षण अवस्थामा राखिएकै छ।

Comments

Popular posts from this blog

बेमौसमी काक्राको व्यावसायिक खेती

dadeldhura