बेमौसमी काक्राको व्यावसायिक खेती



  बेमौसमी काक्राको व्यावसायिक खेती       
                     

                                                                                                                    मुकेस पनेरु   
                                                                                                                    बिध्यार्थि IAAS,TU
                                                                                                                  अजयमेरु -०६, डडेल्धुरा 
नेपालमा विशेषगरी बेमौसमी काक्रा खेती तराई र पहाडी छेत्रमा गरिन्छ । काक्रो cucurbitaceae परिवार अन्तरगत पर्दछ । अङ्ग्रेजीमा काक्रा लाई cucumber भनिन्छ र बैज्ञानिक नाम cucumis sativus हो। नेपालमा काक्रा खेती को प्रमुख मौसम गर्मी र बर्खा मा गरेको पाइन्छ । काक्रामा cucurbitacin भन्ने रसायन पाइन्छ जसले गर्दा काक्राको फेद को भाग तितो हुन्छ । काक्रामा भिटामिन ए र क्याल्सियम पर्याप्त मात्रा मा पाइन्छ र विशेष गरि सलाद को रूपमा खाइन्छ।

बेमौसमी खेती तरिका 
काक्रालाइ येस्को प्रमुख मौसम भन्दा अन्य मौसममा खेती गरिने तरिकालाइ बेमौसमी खेती भनिन्छ । बेमौसमी खेती अन्तर्गत काक्रालाइ विशेष गरि हिउँदमा खेती गरिन्छ। हिउँदमा हावापानी सुहाउँदो नहुने भयेको कारण विशेष प्रणालि अप्ननाइन्छ। बेमौसमी काक्रा खेती को लागि polytunnel,hot bed, green house र plastic house प्रयोग गरिन्छ जसले गर्दा काक्रालाइ अनुकुल बातावरण उपलब्ध हुन्छ ।

कार्यबिधी
नेपालमा विशेष गरि काक्रालाइ प्रमुख मौसम भन्दा २ महिना पहिले लगाउने गरिन्छ। polytunnel हरु भित्र तापक्रम बाहिर को बाताबरण भन्दा बढी हुने भएकोले खेती सजिलै गर्न सकिन्छ । poly tunnel को निर्माण बाँसले र पोलिथिनले गरिन्छ। त्यसैगरी काक्राको बेर्ना तयार गर्न hot bed पनि प्रयोग गर्न सकिन्छ। करिब १ मि चौडा २.५ मि लामो ०.५ मि गहिरो खाल्डो मा गाइको ताजा गोबर १५ सेमि, पराल १० सेमि राख्नुपर्द्छ। त्यसमाथी ५ सेमि को माटो राख्नुपर्छ।
२-३ बीउ हरु ४"×६" नापको पोलेथिन ब्यागमा छरेर उक्त ब्यागलाइ खाल्डो माथी राख्नुपर्छ। पोलेथिन ब्यागभित्र २ भाग माटो , १ भाग बालुवा र १ भाग कम्पोस्ट मल राख्नुपर्दछ। बिरुवा को पातहरु २-३ भएपछी पोलिथिन ब्यागमा एउटा मात्र बिरुवा राख्नुपर्छ । करिब ६-८ हप्ता पछी बिरुवा लाई पोलिथिन ब्यागको माटो सहित अर्को ठाउँमा रोप्नुपर्दछ। तयार भएको बेर्नालाइ green house वा तापक्रम अनुकुलित ठाउँमा रोप्नुपर्दछ।
जातहरु- भक्तपुर लोकल, कुसले, निन्जा १७९, मालिनी ।
आवस्यक तापक्रम - १८- २४° से.
माटोको पि एच - ६- ७
मल खाद्को मात्रा- ७:२:५ युरिया, डि ए पि, एम ओ पि केजि प्रती रोपनी
लगाउने दुरि - १.५-२.०मि ×०.६-०.९ मि
यसरी लगाएको बिरुवा लाई ५- ६ दिन को फरकमा सिचाइ गर्नुपर्छ र ३०-४० दिनमा झारपात उखेल्नु पर्दछ। फलको संख्या बढाउन Ethrel 200 ppm वा MH 100 ppm छर्कनुपर्दछ। विभिन्न जात अनुसार काक्रालाइ विभिन्न समयहरुमा टिपिन्छ। काक्राको रङ गाढा हरियो वा हरियो भयेपछी काक्रा लाई टिपिन्छ। १ hectare को जमिनमा करीब २८- ४० टन काक्रा फलाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरू
- बीउ रोप्नेबितिक्कै Rose can को सहायताले पानी छर्कनुपर्दछ।
- पोलिथिन ब्यागको चारैतिर स सानो प्वालहरु बनाउनु पर्छ ।
- Hot bed भित्र तापक्रम आवश्यक भन्दा बढी भएमा पोलिथिन लाई हटाउनुपर्छ।
- नियमित झारपात अवलोकन र सिचाइ गर्नुपर्दछ।
-काक्रा लगाउने जमिन राम्रोसँग खनजोत गरेको हुनुपर्नेछ ।

Comments

Popular posts from this blog

श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर

dadeldhura