Posts

Showing posts from 2018

श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर

Image
श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर ऐतिहासिक पृष्ठभुमी  सुदुर पश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं ७) डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिका वार्ड नं . ६ कानाकोट गाउको माथी करिव १८०० मिटरको उचाइमा नेपालकै दुर्लभ देवदयारको जंगलको माझमा डागेश्वरी देवीको मन्दिर अवस्थित छ। धार्मीक र सास्कृतिक धरोहरलाई सदा जीवन्त तुल्याउन दैविय शक्तिलाई अक्षुण राख्ने भक्तजनहरुको मनकामना पुरा गर्न प्राकृतिक सम्पदाले भरिपूर्ण तथा पूर्ण पुरातात्विक कलात्मक वस्तुहरु सहित संरक्षीत गर्दै आएको शक्तिपीठको रुपमा यो मन्दिर रहि आएको छ। यस मन्दिरको पूर्व तिर उग्रतारा भगवति मन्दिर , पश्चिम तिर मेलौली भगवति मन्दिर, उत्तरमा निगला शैनी भगवति मन्दिर र दक्षिणमा महाभारत पाहाडमा भागेश्वर देवताको मन्दिर शक्तिपीठका रुपमा अवस्थित छन। यस श्री डागेश्वरी मन्दिरमा वैशाख सक्रन्तिमा अपांढ शुक्लपूर्णमामा ,अननन्तचर्तुदशी भाद,शुक्लमा दशै पर्वमा विषेश आजापुजा हुन्छ भने कार्तिक शुक्लपक्षमा १५ दिन सम्म लक्षहवन पूजा गरि सोहो दिनमा ठूलो मेला लाग्दछ। यस दिन यस मन्दिरमा रहेको विषेश फुटलिंगमा विशेष